FAQs Complain Problems

समाचार

ग्यालरी

आज मिति २०८० असार १८ गतेका दिन यस धार्चे गाउॅंपालिकाको आ.व. २०७९/८० को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत गोठालाहरुलाई त्रिपाल वितरण अन्तर्गत खरिद गरिएको त्रिपाल ३५२ थान मध्य आज वडा नं. ५ सिङला, लप्सीबोट र माछिखोलाका गोठालाहरुलाई  जम्मा १६२ थान र सोलार पनि धार्चे गाउॅंपालिकाका अध्यक्ष श्री लक्ष्मण गुरूङ ज्युको समुपस्थितीमा वितरण सम्मन्न गरियो ।

मिति: 07/04/2023 - 13:45
, , ,

आज मिति २०८० असार १० गतेका दिन धार्चे गाउँपालिकाको १४ औ गाउँसभाको अधिबेशन धार्चे गाउँपालिकाको अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्युको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष लक्ष्मण गुरुङ ज्युले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरि छलफल पछि सर्वसम्मत रूपमा पारित भएको छ भन्ने उपाअध्यक्ष श्री सुनिला गुरुङज्यु बाट आर्थिक बर्ष २०८०/०८१ को बजेट कार्यक्रम प्रस्तुत गर्नु भएको छ। कार्यक्रम संचालन यसै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री काजीमन सुनारले गर्नु भएको थियो ।यस धार्चे गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को लागि पुजीगत तर्फ रु. १७,२७,००,०००/- र चालु खर्च तर्फ रु.

मिति: 06/25/2023 - 20:30
, , , , , , , , , , ,

मिति २०८०|०३|०२ गते यस धार्चे गाउँपालिका वडा नं ३ मा धार्चे गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकाको स्वास्थ्य संस्थाहरुमा संचालनमा रहेका बहिरंग सेवा केन्द्र (OTC ) सुदृढीकरण तथा पोषण लेखाजोखा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो ।

मिति: 06/19/2023 - 14:20
, , ,

मिति २०८० साल जेठ १ र २ गते यस धार्चे गाउँपालिका पञ्जिकरण शांखा लगायत वडामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुको लागि आयोजित ब्यक्तिगत घटना दर्ता एंव सामाजिक सुरक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो |

मिति: 06/19/2023 - 14:07
, , , , , , , ,

मिति २०८०/०२/२७ गते यस धार्चे गाउँपालिका अन्तर्गत वडा नं. ३ उहियामा धार्चे गाउँपालिका स्वास्थ्य शांखाद्धारा आयोजित महिलाहरुको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर यसै गाउँपालिकाको उपाध्यक्ष श्री सुनिला गुरुङको प्रमुख अतिथ्यततामा र बरिष्ठ डा. श्री गुणराज लोहनीको उपस्थितिमा सुसम्पन्न गरियो|

मिति: 06/11/2023 - 18:57
, , , , , , ,

आज मिति २०८० जेठ २५ गते यस धार्चे गाउँपालिका स्वास्थ्य शांखा द्धारा आयोजित पुर्णखोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रममा धार्चे गाउँपालिका प्रमुख श्री लक्ष्मण गुरुङको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्री मोहन बहादुर थापा मगर, विशेष अतिथि यस धार्चे गाउँपालिका उपप्रमुख श्री सुनिला गुरुङ , विशेष अतिथि जि.स्वा.का.प्र. श्री याम प्रसाद शर्मा, विशेष अतिथि धार्चे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री काजीमान सुनार लगायत सातै वडाका वडा अध्यक्षहरुको उपस्तिथिमा भब्यताका साथ सम्पन्न गरियो |

मिति: 06/08/2023 - 16:56
, , , , , , ,

मिति २०८० साल जेष्ठ ८ र ९ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा द्वारा आयोजित "स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम" जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका वरिष्ठ कविराज निरिक्षक श्री कुशल कृष्ण शर्मा ज्युको अध्यक्षता , धार्चे गाउँपालिकाका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्युको प्रमुख अतिथ्यततामा साथै विशेष अतिथिको रुपमा यसै धार्चे गाउँपालिकाका उपाध्यक्ष श्री सुनिला गुरुङ ज्यु र त्यसै गरि विशेष अतिथिकै रुपमा यसै धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री काजीमान सुनार ज्युको उपस्तिथिमा दुई दिने कार्यक्रम सञ्चालन गरि सम्पन्न गरियो ।

मिति: 05/23/2023 - 18:45
, , , , , , , ,

आज मिति २०८०/०२/०८ गते धार्चे गाउॅंपालिका-५ माछिखोलामा स्थानिय शिक्षा योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार शिक्षा विभागको आर्थिक र प्राविधिक सहयोगमा धार्चे गाउॅपालिकाको शिक्षा सुधार र ५ वर्षे योजना तथा १० वर्षे दिर्घकालिन सोचका साथ खगराज अधिकारी ज्युले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा धार्चे गाउॅंपालिकाका प्रमुख प्रसाशकीय अधिकृत श्री काजीमान सुनार ज्यु को अध्यक्षता, धार्चे गाउॅंपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यु को प्रमुख अथित्यता, उपाधयक्ष श्री सुनिला गुरूङ ज्यु, विध्यलयका प्रधानाध्यापक ज्युहरु र साथमा वडा अध्यक्षहरू उपस्थित भएको थियो । त्

मिति: 05/23/2023 - 18:43
, ,

Pages