धार्चे गाउँपालिका सँगको साझेदारीमा सामुहिक जनसेवा केन्द्रले संचालन गरेको ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा निवेदन संकलन शिविर २०७८ बैशाख २१ गते वडा नं १ हुल्चुक गाउँबाट शुरु गरी ७ वटै वडामा नेपाल टेलकमको फोरजी सेवा प्रयोग गरी अनलाइन घटना दर्ता शिविर सम्पन्न गरेको छ । यस शिविर पश्चात धार्चे गाउँपालिकाको सबै वडामा ब्यक्तिगत घटना दर्ता कर्य अनलाइन सिस्टममा शुरु भएको छ । अनलाइन सिस्टममा गइसकेपछी हस्त लिखित घटना दर्ता प्रमाण पत्र जारी गर्न पाइने छैन ।
धार्चे गाउँपालिकाका सबै वडाहरुमा मिति २०७७ बैशाख २ गते देखि चैत्र मसान्त सम्म दर्ता भएका जन्म,विवाह, बसाइसराई, सम्बन्धबिच्छेद तथा मृत्यु दर्ताको संख्यात्मक विवरण ।